मतदाता संग भोट माग्दै कांग्रेसका उम्मेदवार

तुलसीपुर,३ मंसीर ।

काँग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नं ३ का उम्मेदवार दिपक गिरी,श्रम तथा रोजगार राज्य मन्त्रि एंव क्षेत्र नं ३ , १ का उम्मेदवार डिल्ली बहादुर चौधरी,क्षेत्र नं ३ को २ तर्फका उम्मेदवार बुद्धिराम भण्डारी,समानुपातिकका उम्मेदवारहरु शंकर गिरी,महादेव शाहा लगाएत काँग्रेसका नेता कार्यक्रताहरुको प्रचार प्रसार टोली हिजो आज गाउ केन्द्रित भएर चुनावि कोण सभा गरी मतदाता संग भोट माग्दै आएका छन । चुनावि प्रचार प्रसार अन्र्तगत आज पश्चिम दाङको पवन नगरका विभिन्न स्थानमा कोण् सभा गरेको छ ।

पवन नगरको कोण सभामा बोल्दै दिपक गिरीले जनताको सेवा समृद्ध दाङका लागी पनि काँग्रेसलाई जिताउन आग्रह गर्नु भयो । उहाले काँग्रसले जिते जनताको हरेक सुखःदुखमा सेवा गर्ने बताउनु भयो । साथै उहाले प्रान्तिय राजधानी दाङ बनाउन पनि काँग्रेसले जित्नु पर्ने बताउनु भएको छ ।

कोण सभामा बोल्दै क्षेत्र नं ३ को २ तर्फका उम्मेदवार बुद्धिराम भण्डारीले झुट्टा आस्वासनमा नपरी काँग्रेसलाई मतदान गर्न आग्रह गर्नु भयो । साविक पवन नगरका सभापति फल्कुदत्त भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण लोकराज भुसालले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया