अब कुरा मात्र होइन, काम गरेर कुरा गर्ने – डाँगी

विजौरी,२ मंसीर ।
यतिवेला प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका समाजसेवी तथा विकासप्रेमी उम्मेदवार अमर डाँगीलाई चुनाव जिताउनका लागि कांग्रेसका कार्यकर्ता समेत अग्रसर देखिएका छन । आज क्षेत्र नं. २ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गर्नु भएका डाँगीलाई जिताउनका लागि कांग्रेसलगाएतका कार्यक्रताको वाक्लो उपस्थिति थियो ।

‘हामी कुरा मात्र होइन काम गरेर देखाउने हो’ अब तपाइहरुलाई कस्तो उम्मेदवार चाहिएको छ ल भन्नुस त भन्दै पूर्व मेयर तथा सुकुम्वासी समाधान आयोगका अध्यक्ष समेत भैसकेका डाँगीले भने– ‘अव तपार्इंको मत नैं निर्णायक मत हुनेछ । त्यसैले यो वाम गठवन्धनलाई जिताउन अत्यन्त जरुरी छ’ दाङको अक्कासी, लमहीटोल, जितपुर, शिवपुर, वगाले समेतमा आज वाक्लो उपस्थितिमा घरदैलो कार्यक्रम भएको छ ।
घरदैलो कार्यक्रममा चौधरीको वाक्लो उपस्थिती रहेको शिवपुरमा अमर डाँगीलाई नैं जिताउने हो भन्दै ‘अमर डाँगी एउटा विकासप्रेमी र समाजसेवी रहेकोले हाम्रा गाउँमा पनि उहाँको जितले विकास हुने मतदाताहरुले भनेका थिए । नजिकवाट चिन्नेहरुले अमर डाँगीलाई जिवनकालमा धेरै संघर्ष गरेका डाँगीले मेयर हुदाँ पनि आप्नो जिवनशैलीमा कुनै परिवर्तन गर्न नसकेका वताएका थिए ।

‘अरु पदमा हुदाँ धन सम्पति जोड्छन् तर मैंले त्यो गरेन’– डाँगीले भने । नेता वनेर राजनिति गर्नु भन्दा सामाजिक क्षेत्रमा काम गरेर मात्रै नेता बन्न सक्यौं भने मात्र सामाजिक नेता वन्न सकिन्छ । विकासप्रेमी समाजसेवी भनेर चिनिने डाँगीलाई यतिवेला कांग्रेसका शुभचिन्तकहरु पनि भोट हाल्नमा आतुर देखिन्छन् । एक कांग्रेसका सक्रिय कार्यकर्ताले भने ‘म व्यक्तिरुपमा मात्रै होइन अमर डाँगीलाई एक समाजसेवी र विकासप्रेमीका रुपमा चिन्दछु ।

त्यसैले उहाँ उम्मेदवार हुनु भएको नाम सुन्ने वित्तिकै मैले उहाँलाई अग्रीम वधाई दिइसके किनकी उहाँको जित सुनिश्चित छ’ । २०२२ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएका अमर डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयर हुनुहुन्छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

एस एल सी पछिको शिक्षा घरमै स्वअध्ययन गरेर अंग्रेजी र राजनीतिक शास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएका डाँगीले लामो समयसम्म शिक्षण पेशामा समेत आबद्ध हुनुभएको थियो । २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोग दाङको अध्यक्ष तथा दाङदेखि स्वर्गद्वारीसम्मको सडक पु¥याउनको लागि समेत विशेष योगदान रहेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार
प्रतिक्रिया