चुनावको मुखैमा दुई हजार बढि युवा भारत प्रस्थान

कालिकोट,२ मंसीर ।
कालिकोटको पलाता र पचालझरना गाउँपालिकाका दुई हजार भन्दा बढी मतदाता भोक टार्न भारत लागेका छन् । सुख्खा, खडेरी, रोग, भोक र अनिकालको क्षेत्रका रुपमा परिचित पलाताका मतदाता चुनावको बेला कामको खोजीमा भारत पसेका हुन् ।
पलाता गाउँपालिकामा साविकको धौलागोह, खिन र थिर्पु गाविस पर्दछन् ।

कूल ६ हजार ७ सय मतदाता रहेको यस क्षेत्रबाट ४ हजार मत खस्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । आकाशको पानीको भरमा किसानहरुले गहुँ, जौ र आलु लगाएर जिबिका चलाउछन । यसपछि खानेकुरा जोहो गर्न भारत जाँने गरेका छन । आफ्नै बारीको उत्पादनले ३ देखि ६ महिना खानपुग्ने पलाता र पचालझरनाको जनसंख्या १५ हजार छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार
प्रतिक्रिया