सुनचाँदी व्यवसायीलाई उत्कृष्ट बनाईने : केसी

सन्तोष वलि, मङ्सिर २ तुलसीपुर ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा बामगठबन्धन बाट प्रतिनिधि सभाका उम्मेदवार हिरा चन्द्र केसिले सुनचादी ब्यवसायी लाई मुलुककै उत्कृष्ट ब्यवसायी बनाउने बताउनु भएको छ । दाङ तुलसीपुर सुन चादी ब्यवसायी समितिको स्वागत तथा भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो उहाले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका केसीले सुनचाँदी व्यवसायीको मागहरु सम्बोधन गराउन लाई आफु लागि पर्ने उहाले बताउनु भयो । उहाले आफ्ना मागहरु पुरा गराउनका लागि बाम गठबन्धनको पक्षमा मतदान गर्न पनि ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

समितीका अध्यक्ष मदन केसिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदि व्यवसायी समितिका केन्द्रीय सचीव सुदिप श्रेष्ठ , रेडियो प्रकुतिका अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेल लगाएतकाले बोल्नु भएको थियो । व्यवसायी लोकराज स्वर्णकारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण हरि कृष्ण बिकले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार
प्रतिक्रिया