२०८३ असार ३० गते मङ्गलवार

सल्यानमा जिप दुर्घटना हुदा सहचालकको मृत्यु,चालक घाईते

फाईल फोटो

तुलसीपुर,२१ चैत । सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाईते भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिप सहचालक शारदा १ दारिमचौर बस्ने १८ वर्षीय नारायण वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा कर्णाली अस्पतालमा मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोहि ठाउँ बस्ने चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् । दारिमचौर सल्यानबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप शारदा नगरपालिका १ दारिमचौर नजिकै मंगलबार बिहान दुर्घटनामा परेको उहाले जानकारी दिनुभयो । जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया