श्रम मन्त्री मेनपावरका एजेन्ट हुन – शाह

तुलसीपुर, ३० कार्तिक

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक क्षेत्र नं ३(१) का प्रदेशसभा उम्मेदवार प्रेमबहादुर शाहले बहालवाला श्रम तथा रोजगार मन्त्री मेन पावरको एजेन्ट भएको बताउनु भएको छ । रिपोटर्स क्लव दाङले तुलसीपुरमा गरेको चुनावी कार्यक्रममा उहाँले बहालवाला श्रम तथा रोजगारमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैया लिएर युवा पोल्याण्ड पठाउने गरेको अरारोप लगानुभयो । मन्त्री भएको केहिदिनमै बेरोजगार युवालाई स्वरोजगार बनाउछु भनेर भाषण छाँट्दै हिडे, शाहले भन्नुभयो’ अहिले एकान्त होटलमा बसेर पैस असुलेर विदेश पठाउँछन ।’ अधिकांस कांग्रेसका विरुद्धमा समय खर्चेका शाहले कांग्रेसले सवै काम हामीले गरेको भनेर जनतामा भ्रम छरेको बताउनुभयो । ‘काँग्रेसका नेताहरु बाटो बानायौं, पुल बनायौं, खाल्डा पुरयौं, कुलो बनायौं भन्दैं हिडेका छन्, शाहले भन्नुभयो’ अब त हिड्न डुल्न र तिम्रो घर पनि हामीले बनाईदिएका हौं भन्ने बेरै छैन् ।’ ७४ जिल्लाको सिंचाईको बजेटर दाङमा ल्याएर खन्याएको भन्दै पूर्व सिंचाई मन्त्री दिपक गिरीले भजाउने काम गरेको शाहको भनाई थियो ।

 

प्रकाशित मिति : २०७४ कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया