तुलसीपुर, ३० कार्तिक
देशभक्त गणतान्त्रिक मोर्चा दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा उमेद्वार हिरामणी दुःखीले संसदीय व्यवस्थाको खारेजिका विरुद्ध आफुहरु लागेको बताउनुभयो । रिपोटर्स क्लव दाङले तुलसीपुरमा गरेको साक्षातकार कार्यक्रममा उहाँले नो भोटको व्यवस्थालाई समेत ठूला दलहरुले हटाएर जनताको बहिष्कार गर्ने हधिकारलाई कुण्ठीत गरेको भन्दै निर्वाचन आयोगमा समेत दर्ता नभएर निर्वाचनमा होमिएको बताउनुभयो ।
नेपालको संविधान विदेशीका योजना र इशारामा बनेको दाबी गर्दै उहाँले संविधान जारी गरेको दिन देखि जल्न सुरु गरेको संविधानकाकारण अहिले सम्म अन्र्तरविरोध कायम रहेको बताउनुभयो । नेपालको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताउदै उहाँले यसले जनताको समस्या हल गर्न नसक्ने बताउनुभयो ।
प्रकाशित मिति : २०७४ कार्तिक ३० गते बिहिवार