काठमाण्डाै २०चैत। ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई शनिबार राति वर्षासँगै परेको चट्याङ लागेको थियो। चट्याङ लाग्नेबित्तिकै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।
प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार






