दाङको ३ नम्बर क्षेत्रमा प्रतिष्ठाको लडाई – दुवैका नारा समान,यस्तो छ आंकलन

तुलसीपुर,३० कार्तिक ।
दाङको ३ नम्बर निर्वाचन क्षेत्रमा बाम गठबन्धन र काँग्रेसबीच प्रतिष्ठाको राजनीतीक लडाँइ हुँदैछ । उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमाले दाङका सचिव हिराचन्द्र केसी चुनावी मैदानमा उत्रिीनु भएको छ भने नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य दिपक गरीले मम्ैदानमा हुनुहुन्छ । वाम गठवन्धनले एमाले दाङका सचिव केसीलाइ उमेदवार वनाएपछि पुर्व मन्त्री समेत रहनु भएका गिरीले चुनावी लडाइलाइ आफ्नौ प्रतिष्ठा सगं जोडेको जानकारहरु बताउँछन् ।

स्थानिय तहको चुनावमा नेपाली कांग्रेसको ३० हजार ७ सय २१ मत प्राप्त गरेको थियो भने वाम गठवन्धनले ४८ हजार ५सय १५मत प्राप्त गरेको थियो । उक्त मतपरिणाम अनुसार तीन नम्बर क्षेत्रमा काँग्रेसभन्दा बाम गठबन्धन १७ हजार सात सय ९४ मतले अगाडी छ । विगतमा नेपाली कांग्रेसको जनमत रहेका सो क्षेत्रमा प्रत्येक निर्वाचनमा एमालेले वढाउदै लगेको जनमत र माओवादी केन्द्र समेतको मत जोड्दा वाम गठवन्धनको विजयी सहजै दखिन्छ ।

तुलसीपुर उपमहानगरपालीकाको १६,१७,१८ र १९ नम्वर वडा वाहेकका सवै वडा शान्तिनगर,दङ्गिशरण र ववैगाउँपालीका मिलाएर ३ नम्वर क्षेत्रको विभाजन गरीएको छ । महिला ६० हजार ७ सय ८२ पुरुष ५८ हजार २सय ४ र अन्य १जना गरी कुल १लाख १८ हजार ९सय ८७ मतदाताले आगामी मसिंर २१ गते हुने निर्वाचनमा दुइ नेताको राजनीतीक भाग्यको फैसला गर्ने छन । बाम गठबन्धनको तर्फबाट उमेदवार हुनुभएका के.सी र काँग्रेसका उमेद्वार गिरी दुवैका नारा समान रहेका छन ।

मतदाता समक्ष केसीले मध्य भागमा रहको बाटो वाहेक उत्तर र दक्षिण तर्फवाट तुलसीपुर पश्चिम वाटो खोल्ने, वन्दै गरेको दामोदर रोडलाइ पुर्णता दिने,समृद्धीको दिशामा अगाडी वढाउन केन्द्रसगं समन्वय गरेर ठुला योजना हरु ल्याउने मुद्धालाई दुवै उमेद्वारले प्राथमिकता दिएका छन् । केसीले लालीगुराँस फुल्ने थर्कोटको संरक्षण गरी पर्यटकिय स्थलको रुपमा विकाश गर्ने ,विभिन्न ठाउँमा मिनी रगंशाला वनाउने मुद्धाहरु फरक राख्नुभएको छ भने गिरीले अरनिको मैदानलाइ मिनी रगंशाला वनाउने देखी वृहत दाङ सिचाई आयोजनालाइ पुर्णता दिर्ने बताउँदै आउनुभएको छ ।

केसी र गिरीको भोट वैकं एउटै भएकोले भएकोले पनि दुवैलाइ अन्य मुद्धा उठाउन सजिलो भएको छ । क्षेत्र नं ३को क मा उठेका माओवादी केन्द्रका जगप्रसाद शर्मा र नेपाली कांग्रेसका तर्फवाट डिल्ली चौधरी चुनावी प्रतिपर्धामा उत्रेका छन । यस अगाडी २०६४शालको संविधानको चुनावमा माओवादीवाट पराजीत भएका चौधरी यस पटक पनि फेरी माओवादीकै नेतासँग चुनाव लड्दै हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को ख मा पश्चिम दाङमा निकै लोकप्रिय नेताको रुपमा परिचीत एमाले नेता उत्तर वली सगं काँग्रेस नेता वुद्धीराम भण्डारी चुनावमा भिडदै हुनुहुन्छ । सादगी नेताको उपमा पाएका भण्डारीलाई भन्दा पश्चिममा वलीलाइ चिन्ने मतदाताहरु धेरै छन । जसका कारण भण्डारीलाई भन्दा वलीलाई चुनाव जित्न सहज देखिएको राजनीतीक बिश्लेषकहरु बताउने गरेका छन् ।

प्रकाशित मिति : २०७४ कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया