कांग्रेसका लागि क्लवले आयोजना गर्यो चुनावीसभा

तुलसीपुर, २९ कार्तिक
रिपोटर्श क्लव दाङको आयोजनामा तुलसीपुरमा चुनावी सभा एवं साक्षात्कार कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने कांग्रेसका नेताहरुले वाम गठबन्धन प्रति आपत्ति जनाएका थिए ।  अधिकांस समय वाम गठबन्धनलाई गाली गर्नमै खर्चेका नेताहरुले अप्राकृतिक गठवन्धनलाई दङगाली जनताले अस्वीकार गर्ने दावी गरे ।
मुलुकले करीव ७ दशक आन्दोलन गरेर जनताले लेखेको संविधान पाएको भन्दै उनिहरुले संविधानलाइ पुर्णरुपमा कार्यान्वयनमा ल्याउन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपुर्ण रुपमा संपन्न गरीनुपर्नेे बताए ।
राप्ती ववइ क्यापस र प्रादेशिक उच्च अदालत कांग्रेसकै पहलमा स्थापना भएको बताउदै नेताहरुले कांग्रेस भावनात्मक एकता साथ अघि बढेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, शंकर गिरी, महादेव शाह लगाएतले बोलेका थिए । रिपोटर्श क्लव प्रदेश नंवर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिमल गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य भरतराज शर्माले गर्नुभएको थियो । यसैबीच क्लवले विहिवार विभिन्न साना दलहरुका उम्मेदवार संग साक्षातकार कार्यक्रमको आयोजना तयारी गरेको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २९ गते बुधवार
प्रतिक्रिया