जनताका लागि कठोर निर्णय गरियो – महरा

तुलसीपुर २९ कार्तिक
उपप्रधानमन्त्री कृष्ण बहादुर महराले देश र जनतलाई केन्द्रमा रोखेर दुई पार्टीले कठोर निर्णय गरेको बताउनु भएको छ । संयुक्त वाम गठबन्धन व्यवसायीक संघठन क्षेत्र नं. ३ ले तुलसीपुरमा गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, स्वाधीनता र जनतालाई केन्द्रविन्दुमा राखेर माओवादी केन्द्र र एमालेले कठोर निर्णय गरेको उपप्रधानमन्त्री महराले बताउनुभयो ।
‘हामीले, व्यक्ति र नेताको स्वार्थ हेरेनौ,– उपप्रधानमन्त्री महराले भन्नुभयो देश र जनातलाई महत्व ठान्यौ र गठबन्धन गरयौं ।’ वाम पार्टीहरु जति टुक्राभयो त्यतिनै प्रतिकृयावादी शक्तिले फाईदा लुट्ने र उत्पिडित शोषित जनता झनै चरम समस्यामा पर्ने भएकाले कठोर निर्णय गरेको उहाँले बताउनुभयो । ‘निर्वाचन पछि कमैयाँ, भूमिहिन, सुकम्बासी र पछाडि पारिएका वर्ग समुदायको समस्या पुरा हुनेछ,– महराले भन्नुभयो’ वाम गठबन्धनबाट जनता उत्साहित र खुशि भएका छन् । मंसिर २१ गते हुने निर्वाचर्नलाई समान्य रुपमा लिननहुने भन्दै महराले जनताको भविष्य जोडिएकाले गठबन्धनका उमेदुवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले वाम गठबन्धनको पहिलो एजेन्डा दाङलाई प्रदेशको राजधानी बनाउने भएको बताउदै दाङ क्षेत्र नं २ का प्रतिनिधिसभा उमेद्वार समेत रहेका महराले झुक्किएर वाम गठबन्धन बाह्यक अन्यत्र ठाउँमा भोट हालेमा त्यो सम्भावना टरेर जाने बताउनुभयो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस अब पाँच बर्ष प्रतिपक्षमा बस्नु पर्ने बताउनुभयो । बहुमतका साथ वाम गठबन्धनले अब पाँच बर्ष सरकार चलाउने भएकाले कांग्रेस खैरियत नभएको बताउनुभयो ।
‘रुख बुढो भएकाले ढलिसक्यो अव त्यसको काम छैन, – ज्ञवालीले भन्नुभयो’ प्रमुख प्रतिपक्ष होइन, सानोतिनो प्रतिपक्ष भएर बस्नुपर्छ ।’
। ‘२०४८ सालमा जनताले बहुमत दिएर कांग्रेसलाई सरकारमा पठाय आफैले सरकार ढालेर ५१ सालमा मध्यावधि निर्वाचन गरायो एमाले पहिलो दल बन्यो,– उपाध्यक्ष ज्ञावलीले भन्नुभयो’ ९ महिने अल्पमतको सरकार चलाएर नेकपा एमाले, जनतामाझ लोकप्रिय बन्यो ।’
‘६० बर्ष पुगेका बुढाबुढिलाई गोली हान्छ, भात खान लाइनमा बस्नुपर्छ र कम्युनिष्टले धर्मकर्म मान्दैन भनेर कांग्रेसले गलत प्रचार गरेको थियो, उहाँले भन्नुभयो’ नौमहिने सरकारको पालामा एमालेले वृद्धवृद्धालाई भत्ता दिएर भ्रम चि¥यो ।’
१५ सदस्य मन्त्रीमण्डलले गरेको लोकप्रिय कार्यक्रमले एमाले वर्तमान अवस्थामा आइपुगेको भन्दै उहाँले ६४ सदस्य मन्त्रीमण्डल बनाएर कांग्रेस जनतामाझमा नाङ्गिगएको बताउनुभयो ।
संयुक्त वाम गठबन्धन व्यवसायीक संघ क्षेत्र नं. ३ का संयोजक खगेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतमा भाएको कार्यक्रममा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उमेदवार हिराचन्द्र केसी, क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उमेद्वार जगप्रसाद शर्मा अपार, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, कलाकार कमल गाउँले लगाएतले मूलुकमा वाम गठबन्धनको विकल्प नभएको बताएका थिए । उप–संयोजक यज्ञ केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रचार समितिका सदस्य बसन्त विवस आचार्यले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ कार्तिक २९ गते बुधवार
प्रतिक्रिया