२०८३ असार ३० गते मङ्गलवार

तुलसीपुर बाणिज्य संघको साधारण सभा :मञ्चमै प्रमुख अतिथि र विशिष्ट अतिथिको सवालजवाफ

तुलसीपुर, १२ चैत ।तुलसीपुर उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा अहिले सम्मकै खल्लो कार्यक्रम भएको छ । संघको तुलसीपुर ९ दाघरे स्थित सभाहलमा शनिवार विहान ११ बजे कार्यक्रम हुने समय निर्धारण भएको थियो ।यद्यपी कार्यक्रम निर्धारित समयमा संचालन हुन सकेन । निर्धारित समय भन्दा झन्डै सवा एक घण्टा पछि सुरु भएको थियो । त्यसमा पनि कार्यक्रमको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा आउने तय भएको थियो ।तर कारणबस उहाको अनुपस्थित हुने भएपछि नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कार्यक्रम उदघाटन गर्नुभयो । कार्यक्रम उद्घाटन पछि अतिथि तथा सहभागीहरु आउने क्रम जारी थियो । त्यतिन्जेल सम्म कार्यक्रम उत्साहजनक नै देखीन्थ्यो ।

संघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा जब स्वागत मन्तव्य र स्वागत गित पछि संघका महासचिव संघका महासचिव विनिल केसीले बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संघमा झन्डै दुई हजार व्यवसायी सदस्य रहेको कुरा सार्वजनिक गरे । तर कार्यक्रममा भने झन्डै दुई सय पुग नपुग सहभागी भएको सहजै अनुमान गर्न सकिन्थ्यो । महासचिव केसीको प्रतिवेदन पछि कोषाध्यक्ष देव बहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरीसकेपछि शुभकामना मन्तव्यको क्रम सुरु भयो ।त्यसपछि शुभकामना मन्तव्य दिने बक्ताहरुको अभिव्यक्ति र भाषणले कार्यक्रम खल्लो बनाउन थाल्यो । उनीहरुले महासचिव केसीले प्रस्तुत गरेको प्रतिवेदनमा सार्वजनिक गरिएको सदस्य संख्या र उपस्थित संख्यालाई प्रमुख विषय बनाउन थाले ।

जतिपनि बोल्ने बक्ताहरुले संघको सदस्यता संख्या र उपस्थित संख्याको तुलना गर्न थाले पछि आयोजक तथा संघको नेतृत्व माथी प्रश्न खडा भयो । उनीहरुले के कारणले व्यवसायीको उपस्थित संख्या कम भयो ,यसलाई नेतृत्व तहले गम्भिर रुपमा समिक्षा गर्न जरुरी छ भन्दै आफना भनाई राखे ।तर पनि कार्यक्रमलाई उदघोषकले अघि बढाउने क्रममा कार्यक्रमका विशिष्ट अतिथिको बोल्ने पालो आयो । कार्यक्रमको विशिष्ट अतिथिका रुपमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख गोपिकृष्ण कोईरालालाई आमन्त्रण गरिएको थियो । कार्यक्रमको विशिष्ट अतिथिका रुपमा आफना भनाई राख्ने क्रममा कोईरालाले तिन ÷चार वटा निकै महत्वपुर्ण विषय राख्नु भएको थियो । उहाले व्यवसायीक कोरोवार गर्नु भन्दा पहिले व्यवसाय दर्ता गर्नुपर्ने, दर्ता गरीसकेपछि प्यान वा भ्याटमा दर्ता हुनुपर्ने, खरिद विक्रि गर्दा अनिवार्य प्यान वा भ्याट विल प्रयोग गर्नु पर्ने, ईमानदारिताका साथ व्यापारीले कानुनी परिधीमा रहेर व्यापार गर्नुपर्ने सल्लाह दिनुभयो । यस्तैगरी करको बारेमा पनि उहाले जानकारी गराउनुभयो ।

झन्डै ४० मिनेट लामो उनले भाषण गर्ने क्रममा व्यापारीहरु चर्को करको मारमा परेको, राजनितिक दल तथा विभिन्न मानिसहरुले पनि तीनै व्यापारी तथा व्यवसायीबाट चन्दा तथा सहयोग माग्ने जस्ता कारणले पिडत भएका छन् भन्ने अभिव्यक्ति दिनुभयो । यसका साथै विगतमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा बिचौलियाका कारण व्यवसायी वा सेवाग्राही ठगीमा परेको अवस्थामा आफु आईसकेपछि यो समस्या समाधान गरेको उहाले दावी गर्नुभयो ।उहाको मन्तव्य पछि केहि बक्ताहरुको भनाई पश्चात कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले व्यवसायीक हक र हितका पक्षमा धारणा राख्नु पर्नेमा उहाले आन्तरिक राजस्व कार्यालय प्रमुखले दिएका अभिव्यक्तिको टिप्पनी गर्दै आक्रोस पोख्नु भयो । उहाले कार्यालय प्रमुखले दिएको अभिव्यक्तिले व्यवसायीहरु माथी आतंक मच्चाउने खालको भएको संज्ञा दिनुभयो ।

उहाले बिचौलिया भनेको केहो ? कुन राजनितिक दलले व्यवसायी संग चन्दा मागेको छ ? कसले पैसा दिएको छ ? पुष्टि गर्नुहोस । होईन भने सरकारी अधिकारीले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवार पन हो । उहाको एकोहोरो आक्षेप पछि कोईरालाले प्रतिउत्तर दिने क्रममा अन्य अतिथिहरुले नबोल्न आग्रह गरेका थिए । उहाले आन्तरिक राजस्व कार्यालय प्रमुखले बोलेका हरेक कुराको टिप्पनी गर्न थालेपछि सहभागीहरुले समेत व्यक्तिगत टिकाटिप्पनी र अर्थ नलगाउन आग्रह गरेपछि प्रमुख अतिथि शर्माले आफना भनाई टुग्याउनु भएको थियो । तर प्रमुख अतिथिले जुन बोल्नु पर्ने विषयका बारेमा नबोलेपछि खल्लो महसुस भएको सहभागीको भनाई छ ।

सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सहसचिव राजु आचार्य, नेकपा एमाले जिल्ला कमिटि सदस्य मान बहादुर रावत, नेकपा एकिकृत समाजवादीका नेता चुर्ण वली , जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे , नेपाल उद्योग बाणिज्य महासंघ अन्र्तग लुम्बिनी प्रदेश समन्वय समितिका सदस्य दुर्गा भुसाल,दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, संस्थाक तारणध्वज श्रेष्ठ, नेशनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतम, पत्रकार खेमराज रिजाल, महिला उद्यगी संघका पुर्व अध्यक्ष पवित्रा धिताल, तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिर बहादुर रावत,संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत, ब्यवसायी होतारमा आचार्य लगाएतले बोल्नु भएको थियो ।कार्यक्रमको संचालन संघका महासचिब विनिल केसीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संघका बाणिज्य उपाध्यक्ष मिनराज भण्डारीले गर्नुभएको थियो ।

सम्मान तथा पुरस्कृत
संघले तुलसीपुर उपमहानगरपालिका कार्यालय लगाएत विभिन्न संघसंस्था तथा व्यवसायीलाई सम्मान गरेको छ । कोरोना माहामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाका लागी तुलसीपुर उपमहानगरपालिकाले महत्वपुर्ण भुमिका खेलेको तथा सहकार्य गरेको भन्दै कार्यालय र तुलसीपुर ५ का वडा अध्यक्ष विरेन्द्र शाहलाई सम्मान गरिएको हो । यस्तैगरी व्यवसायीको तर्फबाट गुडहिल छालाजुत्ता उद्योगका सन्चालक पदम नेपाली, कृषिको क्षेत्रबाट स्वर्गद्धारी एग्री नेपालका संचालक माधव केसी ,गणेश टेन्ट हाउसकी सन्चालक सिन्धुली श्रेष्ठ र पत्रकारको क्षेत्रबाट पत्रकार खेमराज रिजाललाई सम्मान गरिएको हो । यस्तैगरी संघमा विभिन्न दाताले स्थापना गरेको अक्षयकोषबाट जेहन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया