राज्यको निर्णयाक तहमा महिला पुग्नुपर्छ – मिया

तुलसीपुर, २८ कार्तिक
महिला नेतृ अनारकली मियाले निर्णयाक तहमा महिला नपुग्दा सम्म अधिकार प्राप्त नहुने बताउनुभएको छ । संयुक्त वाम गठबन्धन क्षेत्र नं ३ को महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले राज्यका हरेक तहमा अर्थ पूर्णसहभागिता नहुदा महिला पछाडि परेको बताउनुभयो । जनसंख्या र मतादाताको संख्याको हिसावले समेत महिला अगाडिरहेको भन्दै उहाँले पुरुष सरह महिलालाई पनि अधिकार दिनुपर्नेमा जोड दिनुभयो । ‘महिलाको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकास बनाउनु राजानीतिक दलको दायित्व हो, महिला नेतृ मियाले भन्नुभयो’ प्रमुख पदमा महिलाई सहभागीता बनाउनु पर्छ ।’ महिलालाई अग्रसर र जागरुक बनाउन आफु सर्घर्षरत रहेको भन्दै उहाँले अधिकार प्राप्तीका लागि महिला संगठित हुनुको विकल्पन नभउको धारना व्यक्त गर्नुभयो । कार्यक्रम अनिता खड्को अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया