तुलसीपुर, कात्तिक २८ । तुलसीपुरमा व्यापारीहरुले वाम गठवन्धनको विशाल चुनावी सभा गर्ने भएका छन् । नेकपा एमाले निकट राष्ट्रिय वाणिज्य संघ र माओवादी केन्द्र निकट राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा तुलसीपुरमा विशाल सभा हुने संयोजक खगेन्द्र पोख्रेलले वताउनु भएको छ । माओवादी केन्द्रका नेता एवम् नेपाल सरकारका गृहमन्त्रि कृष्णवहादुर महरा र नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सह संयोजक यज्ञवहादुर केसीले जानकारी दिनु भएको छ । तुलसीपुरको विपि चोकमा विहान ११ वजे हुने कार्यक्रममा उपस्थितिका लागि सवैलाई आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार