कांग्रेसको चुनाविसभा श्रीगाउँमा

शरद रेग्मी
कार्तिक २८/ ्नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले आफ्नो जित सुनिश्चीत रहेको बताउनु भएको छ । आफुले क्षेत्र नम्वर ३ मा गरेको विकासका कारणले गर्दा पनी यहाँका जनताले आफुलाई बिजयी गराउने उहाँले बताउनु भयो । आज क्षेत्र नम्वर ३ को श्रीगाउँमा भएको चुनावि सभालाई सम्वोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका गिरीले अहिलेको चुनाव बिकास र समृद्धि रोज्ने वा झुटा आश्वासन रोज्ने भन्ने रहेको बताउनु भयो । उहाँले बिकास र देश समृद्ध भएको हेर्न चाहानेहरुले काग्रेसलाई मतदान गर्ने बताउनु भयो । गिरीले आफुले पश्चिम दाङ बासी जनताका लागी धेरै काम गरेको भन्दै निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरि चुनावि सभालाई सम्वोधन गर्दै क्षेत्र नम्वर ३ प्रदेश ख का उम्मेदवार वुद्धिराम भण्डारिले पश्चिमबासीको बिकासको चाहनालाई पुरा गर्न आफ्नो उम्मेदवारि रहेको बताउनु भयो । उहाँले काग्रेसले जित्ने निश्चीत भएको भन्दै काग्रेसले जिते दाङ राजधानि बन्ने समेत धारणा राख्नु भयो ।  काग्रेसले दुई तिहाई बहुमत ल्याउने डरले कम्युनिष्टहरुले अपवित्र गठवन्धन बनाएको भन्दै गठवन्धन धेरै दिन नटिक्ने दावि गर्नुभयो । ्प्रचार प्रसार समितिका संयोजक जगत बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टि सभापती कृति बहादुर खडका , समानुपातिक उम्मेदवार शंकर गिरी , महादेव शाह , यातायात ब्यवसायी शुरेस हमाल लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया