तानाशाह ल्याउन खोजेको हैन – ज्ञवाली

तुलसीपुर, २८ कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको निर्वाचनलाई २००७ साल देखिको राजनीतिक अस्थिरताको अन्त्यका रुपमा लिएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दाङले संयुक्त रुपमा तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचनपछि राजनीतिक स्थिरताको सुरुवात हुने र समृद्धिको बाटोमा मुलूक अघि बढ्ने बतउनुभयो ।
वाम गठबन्धन, निर्वाचनका लागि मात्रै नभएर पार्टी एकता देखि लोकतान्त्रीक समाजवाद सम्मको यात्रा भएको ज्ञवलीले बताउनुभयो । एक दललिय तानाशाह ल्याउन लागेको भनेर नेपाली कांग्रेसले गलत प्रचार गरेको भन्दै उपाध्यक्ष ज्ञवालीले संविधानमा भएको व्यवस्था अनुसार नै अघि बढ्ने भएकाले नअत्तालिन कांग्रेसलाई आग्रह गर्नुभयो ।

‘आधुनिक र लोकतान्त्रीक समाजवादको सुरुवात हुनेछ, उपाध्यक्ष ज्ञवलीले भन्नुभया’े संसारको इतिहासमा यो नयाँ अभ्यास हुन्छ ।’
विधिको शासन, आवधिक निर्वाचन, समावेशी लोकतन्त्र सहितको समाजवाद हुने भएकाले नै संसारको नयाँ अभ्यासको समाजवाद हुने उहाँले बताउनुभयो ।

स्थानीय तहमा सबैभन्दा बढी ठाउँमा जितेको एमाले किन आत्तिएर माओवादी केन्द्रसंग वाम गठबन्धन गरेको ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष ज्ञवालीले दुई तिहाई बहुमतलाई सुनिश्चित गर्न गठबन्धन गरेको प्रष्ट पार्नुभयो ।  ‘समान विचार, समान लक्ष्य र अन्तिम लक्ष्य समाजवाद राखेका दुबै पार्टी किन अलग–अलग हुने ? त्यो आवश्यकता थिएन, ‘ज्ञवालीले भन्नुभयो त्यसैले वाम गठबन्धन गरेका हौं’
प्रेस चौतारी दाङका उपाध्यक्ष संगित बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गणेस आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रेस सेन्टरका राकेश बस्नेतले गर्नु भएको थियो ।

 

 

 

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया