तुलसीपुर, २७कात्तिक
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले कम्युनिष्टको सरकार बन्न नदिन प्रतिकृयावादी शक्ति लागेको बताउनुभएको छ । वाम गठबन्धन सल्यानको आयोजनामा गाउँपालिका स्तरीय संयुक्त कार्यकर्ता भेलालाई छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सम्बोधन गर्दै उहाँले देशि विदेशी तथा कम्युनिष्ट विरोधी शक्तिहरु बामगठबन्धनलाई असफल बनाउन ज्यानफालेर लागेकाले सचेत र सजग हुन आग्रह गर्नुभयो । अहिलेको निर्वाचन व्यक्तिगत जितहारको विषय नभएको बताउदै उहाँले उहाँले नेपालमा नयाँ इतिहास निर्माण गर्ने चुनाव भएको बताउनुभयो । कम्युनिष्टले पाँच बर्ष सरकार चलायो भने आफनो खैरेत नहुने भएकाले पनि प्रतिकृयावादी शक्तिहरु लागी परेको बतउनुभयो । गरिखाने बर्गले जित्नेकी पुँजिपति वर्गले जित्ने भन्ने चुनाव भएकाले पनि एकता वद्ध भएर मेहनत गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सो अवसरमा विना विभागीय मन्त्री टेक बहादुर बस्नेतले सरकार बनाउने गिराउने र संसद खरिदविक्री अन्त्यका लागि बाम गठबन्धन गरेको वताउनु भएको छ ।
समृद्ध नेपाल निर्माणमा जुटेको गठबन्धनलाई नेपाली कांग्रेसले देशमा तानाशाही व्यवस्था ल्याउन लागेको भनेर गलत प्रचार गरेको भन्दै सजग हुन जनतालाई आग्रह गर्नुभयो ।
फरक प्रसंगमा मन्त्री बस्नेतले दुईवटा पार्टी मिलेका छौं भनेर ढुक्क भएर नबस्न कार्यकर्तालाई आग्रह गर्दै जनताको घरघरमा गएर आफनो पक्षमा भोट माग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेकपा एमालेका पोलीटव्युरो सदस्य तथा सल्यान २ नम्बबाट प्रकाश ज्वाला, माओवादी केन्द्रका केन्द्रिय सदस्य कृतिबहादुर पुन प्रकाण्ड, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, निर्वाचन परिचालन समितिका संयोजक नेवबहादुर कवर (विवेक), सह–संयोजक लोकबहादुर डाँगी, निर्वाचन क्षेत्र परिचालन संयोजक भद्रसिंह बुढा, एमाले प्रदेश सदस्य हरी केसी, ओझबहादुर बुढाथोकी, गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक, चित्रबहादुर केसी लगाएतले बोल्नुभएको थियो ।