कांग्रेसको चुनावी सभा पञ्चकुलेमा

तुलसीपुर,२७ कार्तिक ।
नेपाली कांग्रेसको चुनावी अभियान क्षेत्र नंम्वर ३ गाउमा केन्द्रित भएको छ । विशेष घरदैलो पश्चात बबई गाउंपालिकाको पन्चकुलेमा चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरीले भने ‘धेरै राजनितिक आन्दोलनहरु गरीसक्यौं, अव समृद्धिको पक्षमा हामीहरु लागेका छौं’ ।

कार्यक्रममा प्रदेश सदस्यका उम्मेदवार बुद्धिराम भण्डारीले नेपाली कांग्रेस जनताको पार्टि भएको भन्दै अव विकाश निर्माणमा गतिशिल हुने पार्टिलाइ मतदान गर्न आग्रह गरे । कार्यक्रममा क्षेत्रीय सभापति जगत खड्का,समानुपातिकका उम्मेदवार शंकर प्रसाद गिरी महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसका खरा नेताका रुपमा परीचित केशव आचार्य लगायतले सम्बोधन गरेका थिए ।

पन्चकुले गाउं इकाइ सभापति रुद्र वहादुर डांगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इकाई सचिव महादेव केसीले गरेका थिए ।

बबई गाउंपालिकामा सम्पर्क कार्यालय
यसैबीच प्रतिनिधि सभासदस्यका उम्मेदवार दिपक गिरी र प्रदेश सभाषदका उम्मेदवार बुद्धिराम भण्डारीले संयुक्त रुपमा पन्चकुलेको कटकुइयामा स्थापना भएको निर्वाचन प्रचारप्रसार समितिको संपर्क कार्यालयको उद्घाटन गरेका छन् । कार्यालयमा झण्डा फहराएर उनीहरुले कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २०७४ कार्तिक २७ गते सोमवार
प्रतिक्रिया