प्रधानमन्त्री देउवा झुक्किएर एमालेको चुनावी सभामा

काठमाण्डौं,२७ कार्तिक ।

 प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भुलक्कड छन् भन्ने सबैलाई थाहा छ । कहिले बाढी पिडितहरुलाई सम्वोधन गर्न जाँदा शुभकामनाको प्रेस विज्ञप्ती झिकेर बाचन गर्छन् त कहिले दुख परेको ठाँउमा राजनीतिक भाषण ठोक्छन् ।

यतिसम्म त सबैले थाहा पाएको नै हो । तर चुनावको मुखमा  प्रतिपक्षी एमालेको चुनावी सभामा पुगेर भाषण ठोक्लान् ! के यति हदसम्म होला ? सबैले प्रश्न गरिरहेका छन् ।

बरिष्ठ पत्रकार तिर्थ कोइरालाले ट्वीटरमा सार्वजनिक गरेको एउटा तस्विर अहिले भाइरल बनिरहेको छ । उन ले ट्वीटरमा सार्वजनिक गरेको एउटा तस्विरमा प्रधानमन्त्री देउवाले भाषणा ठोकिरहेका छन् । देउवाको अगाडी रहेको रोष्ट्रममा सूर्य चिन्ह अंकित झण्डा राखिएको छ । खास कुरा के होला यकिन हुनसकेको छैन ।

The news Nepal

प्रकाशित मिति : २०७४ कार्तिक २७ गते सोमवार
प्रतिक्रिया