देशमा जति भ्रष्टाचारी छन् ती सबै कांग्रेसका नेता हुन् : केसी

तुलसीपुर,२६ कार्तिक ।
तुलसीपुर उपमहानगरपालीका ३ राणागाउमा सयूक्त बामगठबन्धनको भेला आज सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नम्बर ३ मा बामगठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिरा चन्द्र केसीले विकासका लागि बामपन्थी सरकारको आवस्यक रहेको बताउनुभएको छ । काग्रेसले जितेर नै देशलाई दलदलमा फसाएको उहाले बताउनुनभयो ।

जनताको अमुल्य भोटले जित्ने तर पछि आफै भ्रष्टाचारी हुने काँग्रेसले विकास कहिल्यै नचाहने उहाले बताउनुभयो । देशमा जति पनि भ्रष्टाचारी छन, ति सवै काग्रेसका नेताहरु मात्रै छन उहाले भन्नुभयो । देशलाई समृद्ध बनाउनका लागि कम्युनिष्टहरुले जित्नै पर्ने अवस्था आएको उहाको भनाई थियो । त्यस्तै प्रदेश सभा क का उम्मेदवार जगप्रसाद शर्मा अपारले बामगठबन्धन देखेर काँग्रेसहरु अत्तालिएको बताउनुभयो । कम्युनिष्टको सरकार आए बोल्न पाईदैन भनेर हल्ला भिजाएर जनतालाई फेरी पनि झुक्याउन खोजेको उहाले बताउनुभएको छ ।

उहाले बामपन्थीको सरकार आएमा जनताका दुखका दिनहरु सकिने बताउनुभयो । झविलाल घिमिरेको अध्यक्षतामा भएको भेलामा शेशुराम भण्डारी, पदम खड्का सिता वली, विरबहादुर विक विजय ,कलिभान रोका लगायतले सम्बोधन गर्नुभएको थियो । भेलाको सहजिकरण ऋषि परियारले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ कार्तिक २६ गते आइतवार
प्रतिक्रिया