शिर्ष नेताहरु प्रचार प्रसारमा ब्यस्त

काठमाण्डौ,२५ कार्तिक ।
प्रमुख दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा देश दौडाहामा निस्किएका छन् । शनिबारदेखि उनीहरुले विभिन्न जिल्लामा गएर चुनावी प्रचार प्रसार गर्दैछन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङबाट आफ्नो पार्टीको प्रचार अभियान सुरु गर्दै हुनुहुन्छ ।

उहाँ शनिबार नै ताप्लेजुङपछि पाँचथर पुग्ने तयारी भएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवा शनिबार नै सोलुखुम्बु जाने योजना भएपनि अहिलेसम्म टुंगो नलागेको उहाँले बताउनुभयो । ताप्लेजुङबाट चुनावी प्रचारप्रसार गर्ने देउवा दार्चुलासम्म पुग्ने योजना रहेको कांग्रेसले जनाएको छ ।

यस्तै शुक्रबार गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत ठाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुने छ ।

यसैगरी चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । उहाँले शनिबार १४ र २२ नम्बर वडामा घरदैलो कार्यक्रम गरिरहनुभएको छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया