दाङमा आज देखि मतदाता शिक्षा कार्यक्रम

तुलसीपुर,२५ कार्तिक ।
प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका लागी दाङमा आज देखि मतदाता शिक्षा कार्यक्रम सुरु हुदै छ । जिल्लाका १० स्थानिय तह मध्ये एक नगरपालीका र ७ गाउपालिकामा आज देखि कार्यक्रम सुरु हुदै छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार मतदाता शिक्षाका लागी दाङमा ३ सयल ९४ जना मतदाता शिक्षक परीचालन गरीने छ ।

घोराही र तुलसीपुर उपमहानगरमा खभने आईतवारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुने निर्वाचन अधिकारी विजय कार्किले जानकारी दिनुभएको छ । निर्बाचन मतदाता शिक्षाको तयारी पुरा गरी शनिवारबाट गाउ गाउमा मतदाता शिक्षा परीचालन गर्न लागिएको कार्किले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया