काठमाण्डौं,२४ कार्तिक ।
प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १६ दिन बाँकी रहँदा दलहरुले प्रचार प्रसार तिब्र बनाएका छन् । प्रमूख दलका शिर्ष नेताहरु विभिन्न जिल्लामा पुगेर चुनावीसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको पक्षमा जनमत जुटाउने प्रयत्नमा लागेका छन् । निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहितासँग जोडिएका विषयमा छलफल गरिरहेको छ । दलका तर्फबाट मागिने चन्दाका विषयमा आज आयोगले व्यवसायीहरुसँग छलफल गर्दैछ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको गुनासो आएपछि आयोगले छलफल गर्न लागेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चुनावमा हुने आर्थिक आचारसंहिताका विषयमा छलफल गर्न लागेको जानकारी दिनुभयो । छलफल ११ बजे तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति : २०७४ कार्तिक २४ गते शुक्रवार