बामगठबन्धनले नै दाङको विकास गर्छ : केसी

सन्तोष वली,तुलसीपुर कात्तीक २३ ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका उम्मेदवार हीरा चन्द्र केसीले दाङको विकासका लागि बामगठबन्धनले चुनाव जित्नैपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीको चुनावी सभा लाइ सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । दाङबाट नेपाली काङग्रेसले चुनाव जीतेकै कारण यहाको विकास निर्माणमा अस्तव्यस्त भएको उहाले बताउनुभयो ।

साथै उहाले सम्पुर्ण मतदाता लाइ समुक्त बाम गठबन्धन लाइ मतदान गर्न आग्रह गर्नु भएको थीयो । संयूक्त बाम गठबन्धन निर्बाचन परीचालन कमीटीका संयोजक शँकर भट्टराईको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमालेका पुर्व सल्लाहकार कमीटीका सदस्य सोभाराम बस्नेत , नीर्वाचन परीचालन कमीटीका संयोजक हुकुम बस्नेत , माओवादी केन्द्रका नेता रामजी मीलन चौधरी , निर्बाचन क्षेत्र नम्बर ३ क का उम्मेदवार जग प्रसाद सर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थीयो ।

प्रकाशित मिति : २०७४ कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया