५४ मतदान स्थल अतिसंबेदनशिलको सुचिमा

मिना बुढाथोकी, सल्यान ,कात्तिक २३ ।
सल्यान जिल्लाका ५४ वटा मतदान स्थल अतिसंबेदनशिलको सुचिमा रहेका छन् । जिल्लाको भौगोलिक बिकटता तथा शान्ती सुरक्षाका हिसाबले ५४ वटा मतदानस्थल अतीसंवेदनशीलको सुचिमा रहेका हुन् । यस्तै ३७ वटा मतदान स्थल संबेदनशिल र २० वटा मतदान स्थल सामान्य रहेका छन् ।

यस जिल्लामा १ सय ११ वटा मतदान स्थल रहेका छन् । यस्तै स्थानिय निर्बाचनमा १ सय ७५ मतदान केन्द्र रहेकोमा अहिले ५ वटा थप गरेर १ सय ८० वटा मतदान केन्द्र बनाईएको छ । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जिल्ला सुरक्षा समितिले ती मतदानस्थलका लागि विशेष सुरक्षा योजना तयार पारेको जानकारी दिएको छ ।

यसअघिका चुनावमा भएका क्रियाकलाप, भौगोलिक विकटता, सञ्चार तथा यातायात लगायतका सुविधाको पहुँचका आधारमा अतिसंबेदनशिल, संवेदनशील र सामान्य मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो । ३ नगरपालिका र ७ गाउँपालिका सहित १० स्थानिय तह रहेको सल्यानमा १ लाख ३४ हजार २ सय १३ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७४ कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया