बामगठबन्धनले सल्यानमा चुनाबि अभियानलाई तिब्रता दियो

मिना बुढाथोकी,कात्तिक २२ सल्यान ।
सल्यानमा बामगठबन्धनले चुनाबि अभियानलाई तिब्रता दिएको छ । जस अन्तरगत आज शारदा नगरपालिकामा अवस्थित नेकपा एमालेको पार्टी कार्यालयमा संयुक्त भेला सम्पन्न भएको छ । प्रदेशसभा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटि संयोजक भद्र सिं बुढाको अध्यक्षता एवं नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संयुक्त भेलालाई सम्बोधन गर्दै सल्यान बाट प्रतिनिधि सभाका उम्मेदवार बस्नेतले एमाले र माओबादीको संयुक्त बामगठबन्धन चुनाबका लागी मात्र नभएर पार्टी एकताको लागी पनि भएको बताउनु भयो । उहाँले बामगठबन्धनका उम्मेदवारलाई जिताउन सबै कार्यकर्ताहरु संग आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा सल्यान क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले बाम गठबन्धन बाट बिचलित नहुन एमाले माओबादीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार गुलाबजंग शाह, निर्बाचन परिचालन कमिटीका संयोजक नेव बहादुर कवर, एमालेका सहसंयोजक लोकबहादुर डाँगी लगाएतकाले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २२ गते बुधवार
प्रतिक्रिया