विजौरी २१ कार्तिक ।
अनेरास्ववियु दाङले आफ्नो कमिटी बिस्तार लाई तिब्रता दिएको छ । यसैक्रममा आज जनता बिध्यापिठ बजौरिमा अनेरास्ववियुको कमिटी विस्तार गरीएको छ। क्याम्पस कमिटी अध्यक्ष दिबश क्षेत्रिको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला उपाध्यक्ष सर्जन परियारको प्रमुख आतिथ्यता एवं प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सदस्य दुर्गा केसिको बिशिष्ठ आतिथ्यतामा कमिटि विस्तार गरीएको जनाईएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष परियारले विद्यार्थिको हक र अधिकार प्रति चनाखो भई लाग्नुपर्ने बताउनुभएको थियो । सो अवसरमा बब्लि कट्वालको अध्यक्षतामा ३० सदस्यीय कमिटी गठन गरिएको हो ।
जस्को उपाध्यक्षमा दिपेन्द्र रेग्मी, सचिवमा अन्सु लम्साल ,सहसचिबमा भुबन केसि रकोषाध्यक्षमा राहुल एेर रहेको अनेरास्ववियूका गणेश खड्काले जानकारी दिएका छन ।।
प्रकाशित मिति : २०७४ कार्तिक २१ गते मङ्गलवार