दाङमा ८ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए

तुलसीपुर,१९ कार्तिक ।
दोस्रो चरणको निर्वाचनका लागी दाङबाट गएको विहिवार मनोनयन दर्ता गराएका मध्य ८ जनाले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले दिएको जानकारी अनुसार प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिनु भएका कोमल वलीले आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यस्तैगरी प्रदेश ३ क बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका कुवेर बहादुर वलीले पनि फिर्ता लिनु भएको क्षेत्र नं. ३ को निर्वाचन कार्यालयले जनाएको छ ।

कोमल एमाले र कुवेरले माओवादी तर्फबाट बाँगी उम्मेदवार दिनु भएको थियो । यस्तै प्रदेश ३ क बाट राष्टिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएका हरिभक्त भण्डारीले पनि उम्मेदवारी फिर्ता लिनु भएको हो । क्षेत्र नं.३ ख बाट स्वतन्त्र उम्मेदवार दिनु भएका गेदलाल भण्डारी , राष्टिय प्रातन्त्र पाटीका भुपाल रावतले फिर्ता लिनु भएको छ ।

निर्वाचन क्षेत्र नं. २ अन्र्तगत प्रदेश क्षेत्र नं. १ बाट राप्रपा प्रजातान्त्रीकका ईश्वरी प्रसाद शर्मा र एकीकृत राप्रपा राष्टवादी राम भण्डारी गरी दुई जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत रुद्रमणि गिरीले जानकारी दिनु भएको छ । कार्यालयले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र १ अन्र्तगत प्रदेश क्षेत्र नं.२ वाट स्वतन्त्र उम्मेदवार जग नारायण चौधरीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज दिउसो १ वजे सम्म आफनो उम्मेदवारी फिर्ता लिन चाहेका लागी समय दिएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक १९ गते आइतवार
प्रतिक्रिया