दाङको कुन निर्वाचन क्षेत्रमा कती मतदाता ?

तुलसीपुर,१९ कार्तिक ।
दाङ जिल्लामा सबै भन्दा बढी मतदाता निर्वाचन क्षेत्र नं. ३ मा रहेका छन् । सो क्षेत्रमा १ लाख १८ हजार नौ सय ८७ जना मतदाता रहेका छन् । जसमा पुरुष ५८ हजार दुई सय चार र महिला ६० हजार सात सय ८२ रहेका छन् । उक्त क्षेत्र अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क मा ५३ हजार एक सय ८५ र प्रदेश क्षेत्र नं. ख मा ६५ हजार आठ सय दुई मतदाता रहेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा १ लाख आठ हजार आठ सय ७० मतदाता रहेका छन् । जसमा पुरुष ५२ हजार ५५ र महिला ५६ हजार आठ सय १५ जना रहेका छन् । सो क्षेत्रको प्रदेश क्षेत्र नं. क मा ५१ हजार सात सय र प्रदेश क्षे त्र नं. ख मा ५७ हजार एक सय ७० जना रहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख ११ हजार ९६ मतदाता रहेका छन् । जसमध्ये पुरुष ५५ हजार आठ सय ५८ र महिला ५५ हजार दुई सय ३६ रहेका छन् । सो क्षेत्र अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नंं. क मा ५८ हजार तीन सय ९६ र प्रदेश निर्वाचन क्षे त्र नं. ख मा ५२ हजार सात सय मतदाता रहेका छन् । आगामी निर्वाचनमा दाङ जिल्लामा कूल तीन लाख ३८ हजार नौ सय ५३ मतदाताले मतदान गर्दै छन् ।।

प्रकाशित मिति : २०७४ कार्तिक १९ गते आइतवार
प्रतिक्रिया