जुरेसद्धारा ज्येष्ठ नागरीकलाई फलफुल

तुलसीपुर,१८ कार्तिक ।

तुलसीपुर १३ मा रहेको जनज्योति माध्यमिक विद्यालय तुहिरनियापुरमा गठित जुनियर रेड्क्रस सर्कलले जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको छ । बिद्यालय सेवा भित्र रहेका २५ जना भन्दा बढि जेष्ठ नागरीकहरुलाई फलफुल वितरण गरीएको विद्यालयका प्रधानाध्यापक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

ज्युदो इतिहास बोकेका जेष्ठ नागरिकलाई सम्मान र सहयोग गर्नुपर्ने भन्दै फलफुल वितरण गरीएको उहाले बताउनुभयो । जुनियर रेड्क्रस सर्कलले आयोजना गरेको उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुमबहादुर नेपाली, सहायक प्रधानाध्यापक रमेश सिंह ठकुरी,शिक्षक अभिभावक संघका अध्यक्ष देव बहादुर नेपाली,जुरेसका शिक्षक नायक सन्तोष परियार,जेष्ठ नागरिक लगाएतको उपस्तिथि रहेको थियो ।

साथै सोही अबसरमा उक्त बिद्यालयमा रहेकोे इको क्लबले बिद्यालय हाताभित्र सरसफाइ गरेको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक १८ गते शनिवार
प्रतिक्रिया