
तुलसीपुर,१८ कार्तिक ।
आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध दाङमा भने एउटा पनि दावी विरोधको उजुरी परेका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी दाङका तिन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका कसै विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
निर्वाचन आयोगले उम्मेदवार विरुद्धको दावी विरोधका लागी हिजो विहान १० वजे देखी वेलुका ५ वजे सम्म उजुरी दिने समय दिएको थियो । तर दाङका कुनै पनि निर्वाचन कार्यालयमा उजुरी नपरेको कार्यालयले जनाएको छ ।
गएको विहिवार अर्थात १६ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुले भोलि कात्तिक १९ गते विहान १० बजेदेखि १ बजेसम्म आफनो उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता लिन पाउने समय तोकिएको छ भने ३ बजेभित्रै उमेदवारको अन्तिम नामावली प्रकासन गर्ने कार्यतालिका रहेको छ ।
आइतवार बेलुका ६ बजेसम्म उमेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ । दाङबाट प्रतिनिधि सभा र प्रदेशसभाका लागी ८९ जनाले मनोनयन दर्ता गराएका छन् ।