महरा भन्नुहुन्छ,चुनाव पछि पार्टी नै एक हुन्छ

 

 

तुलसीपुर, १७ कार्तिक । नेकपा माओवादीका केन्द्रका नेता कृष्णबहादुर महराले नेपालमा एउटै कम्युनिष्ट पार्टी हुने वताउनु भएको छ । शुक्रबार प्रेस चौतारी र प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो वताउनुभएको हो । चुनावी एकता मात्र नभएर चुनाव पछि पार्टी नै एक हुने उल्लेख गर्नुभयो । दाङ क्षेत्र नं. २ का उम्मेदवार समेत रहनु भएका महराले चुनाव पछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताउनुभयो ।

उपप्रधान मन्त्री समेत रहनु भएका महराले अर्को प्रशगँमा अबको एजेण्डा भनेको आर्थिक समृिद्ध भएको वताउँदै दाङलाई प्रदेशको राजधानी बनाउन बाम गठबन्धनले भुमिका खेल्ने वताउनुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन प्रेस चौतारीमा सचिव बसन्त विवश आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया