तुलसीपुर,१७ कार्तिक ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं शंकर पोखरेलले मुलकलाई आर्थिक,सामजिक व्यवस्थामा पुर्याउन बाम गठबन्धले भुमिका खेल्ने वताउनु भएको छ । घोराहीमा भएको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले यस्तो वताउनु भएको हो । संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्दै आर्थिक संमृद्धिमा केन्द्रित हुने समय आएको उल्लेख गर्दै एउटै घोषण पत्र बनाएर माओवादी र एमाले चुनावमा जानु दीर्घकालीन महत्व रहेको वताउनुभयो ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क को उम्मेदवार समेत रहनुभएका पोख्रेलले चुनाव मा एमाले र माओवादीका चुनावी गतिविधी संयुक्त हुने वताउँदै चुनाव पछि दुबै पार्टी एक हुनेमा विश्वास गर्न समेत आग्रह गर्नुभयो । एमाले र माओवादीले दाङले नै राष्ट्रिय राजनितिमा नेत्रित्व गर्ने मिशन सञ्चालन गरेको वताउँदै त्यसका लागि सहयोग गर्न दङ्गाली जनतालाई सहयोगका लागि अपिल समेत गर्नुभयो । बामशक्ति श्रमजिवी वर्गलाई प्रोत्सान गर्दै समाजबाद मा पुग्ने नयाँ मिशनको सुरुवात गरेको उल्लेख गर्दै बाम गठबन्धनले राष्ट्रिय राजनितिमा स्थायित्व खोज्न चाहेको वताउनुभयो ।
प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन प्रेस चौतारीमा सचिव बसन्त विवश आचार्यले गर्नु भएको थियो ।