दाङमा ८९ जनाले उम्मेदवारी दर्ता गराए

तुलसीपुर,१६ कार्तिक ।
दाङमा आज भएको मनोनयन दर्तामा ८९ जनाले मनोनयन दर्ता गराएका छन । जस अन्र्तगत प्रतिनिधि सभामा दलबाट २३ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट ८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभाको क्षेत्र नम्बर १ मा दलबाट ८ र स्वतन्त्र बाट ३ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी क्षेत्र नम्बर २ मा दलवाट ८ र स्वतन्त्र बाट १ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर ३ मा दलबाट ७ र स्वतन्त्रबाट ४ जनाले उम्मेदवारी दिएका छन । यस्तै प्रदेश सभातर्फ १ को क र ख मा दलबाट १६ जना, स्वतन्त्रबाट ३ जना ,२ को क र ख बाट दलबाट १७ , स्वतन्त्र बाट ३ जनाले उम्मेदवारी दिएका छन ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा तर्फ क र ख बाट दलबाट १६ र स्वतन्त्र ३ जनाले मनोनयन दर्र्ता गराएका छन ।

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया