उम्मेदवारी दर्ता पछि महरा र पाख्रेलले के भने ?

तुलसीपुर,१६ कार्तिक ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङ प्रदेशको राजधानी हुन बाट कसैले नरोक्ने बताउनुभएको छ । संयुक्त बाम गठबन्धनले घोराहीमा योजना गरेको कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो । नेकपा एमालेका नेता शंकर पोख्रेल र आफु दाङबाट निर्वाचन लड्दै गरेको र जीत सुनिश्चित भएकाले दाङलाई प्रदेशको राजधानी हुन बाट रोक्न कसैले नसक्ने उहाले बताउनुभयो । दाङबाट लुम्बिनी, स्वर्गद्धारी, रारा, जलजला देखि कैलाली सम्म जोडिने भएकाले पश्चिम नेपालको केन्द्र विन्दुको रुपमा दाङ जिल्ला रहने महराको भनाई थियो ।

यस्तै नेकपा एमाले स्थायी कमिटिका सदस्य शंकर पोखरेलले मुलुकलाई समृद्धिको दिशातर्फ लैजानका लागी बाम एकता अहिलेको अपरिहार्य रहेको बताउनु भयो । उहाले यसले वा उसले जित्ने भन्दा पनि समग्र दङगालीले जित्ने बताउनु भयो । निर्वाचन पछाडी मुलुकमा थोरै दलहरु हुने र त्यो चिन्ताको विषय भन्दा पनि समृद्धि र सुसासनको विषय हुने उहाको भनाई थियो । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले आज वाम गठबन्धनका तर्फबाट उमेद्वारी दर्ता गराउनु भएको छ ।

महराले दाङ क्षेत्र नम्वर २ मा प्रतिनिधी सभा र पोेखरेलले २ नम्वर क्षेत्रको क मा प्रदेशसभा तर्फ उमेद्वारी दर्ता गराउनु भएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी र श्रम तथा रोजगार राज्य मन्त्री डील्लीबहादुर चौधरीले पनि उमेद्वारी दर्ता गराउनु भएको छ । गिरीले क्षेत्र नम्वर ३ को प्रतिनिधी सभा र चौधरीले ३ नम्बर क्षेत्रको क मा प्रदेशसभा सदस्य तर्फ उमेद्वारी दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया