राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी हरियो र रातो रङको मतपत्र छापियो

काठमाण्डौ, ४ माघ । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रयोग हुने मतपत्र आजबाट सम्बन्धित केन्द्रमा पठाउँदैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको र आजबाट सम्बन्धित मतदात केन्द्रमा पठाइने बताउनुभयो । निर्वाचनमा हरियो र रातो रङ्गको मतपत्र प्रयोग हुने उहाँले बताउनुभयो ।

प्रदेश १ मा भने तीन क्लस्टरको निर्वाचन हुने भएकाले मतपत्र पनि तीन क्लस्टर र दुई–दुई ओटा रङ्गको गरी ६ प्रकारका मतपत्र छापिएको उहाँले बताउनुभयो । मधेश प्र्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि सोहि अनुसार मतपत्र तयार गरिएको छ ।माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशमा कूल २ हजार २५ मतदाता छन् । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया