दाङ १६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावका अनुसार विहान १० बजेदेखि वेलुकि ५ बजे सम्म मनोनयन दर्ता कार्यक्रम चल्ने छ । कार्यालयले शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न आहवान गरेका छन् ।
प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार