संसदको दुबै बैठक स्थगित

फाईल फोटो

काठमाण्डौ, २ माघ । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि भोली (सामेवार) दिउँसो एक बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना संक्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर कोरोना सङक्रमण जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको हो ।माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
प्रतिक्रिया