एमाले र माओवादी दाङको संयूक्त आह्वान

तुलसीपुर,१५ कार्तिक ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन दर्ताका दिन आयोजना गरिएको ¥यालीमा र घोषणा सभामा सहभागिताका लागि नेकपा एमाले दाङ र नेकपा माओवादी केन्द्र दाङले संयुक्त रुपमा आह्वान गरेका छन् । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का र नेकपा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले बुधबार संयुक्त विज्ञप्ती जारी गरेर भोली कात्तिक १६ गतेका दिन आयोजना गरिएको ¥याली तथा सभामा सहभागिताका लागि आम जनसमुदायलाई आह्वान गर्नुभएको हो ।

खड्का र पुनले जारी गर्नुभएको संयुक्त विज्ञप्तीमा घोराहीको ट्राफिक चोकबाट मध्यान्ह १२ बजे हजारौंको सहभागितामा ¥यालीको आयोजना गरिएको उल्लेख गरिएको छ । ¥याली बजार परिक्रमा पश्चात घोराहीमा रहेको शहिद गेट नजिकै सभामा परिणत हुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
¥याली पश्चात आयोजना गरिने घोषणा सभालाई दाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं २ बाट उमेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका नेता तथा उप प्रधानमन्त्री कृष्ण बहादुर महरा र प्रदेश सभा निर्वाचन क्षेत्र २ को क्षेत्र ‘क’का उमेदवार तथा पूर्व सूचना तथा संचार मन्त्री नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सम्वोधन गर्ने कार्यक्रम रहेको पनि खड्का र पुनले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली जनताको बर्षौको त्याग र बलिदानबाट प्राप्त संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रदेश सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनको मनोनयनले आम नेपाली जनतामा आशाको संचार गरेको भन्दै विज्ञप्तीमा बाम गठवन्धनका उमेदवारहरुलाई विजयी बनाउने अभियानमा लाग्न आम कार्यकर्ता र जनसमुदायलाई अपिल पनि गरिएको छ । घोषणा सभामा प्रतिनिधि सभाका तीनवटै क्षेत्र र प्रदेश सभाका छ वटै क्षेत्रका उमेदवारहरुको सहभागिता रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा एमाले दाङ र माओवादी केन्द्र दाङले मनोयन पत्र दर्ता गर्ने दिन अर्थात भोली विहीवारका दिन दशौं हजार नेता कार्यकर्ता र शुभेच्छुकको सहभागितामा मनोनयन पत्र दर्ता गर्ने र घोषण सभा गर्ने सहमति गरेका छन् । सभामा सहभागिताका लागि दाङका १० वटै तहबाट हजारौंको संख्यामा कार्यकर्ता र शुभेच्छुकहरुलाई उपस्थित गराउने गरी कार्ययोजना दुवै पार्टीले बनाएका छन् ।

प्रकाशित मिति : २०७४ कार्तिक १५ गते बुधवार
प्रतिक्रिया