माघी पर्वको अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना

तुलसीपुर, १ पुस । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले थारु समुदायको महान् चाड माघी पर्वका अवसरमा सम्पूर्ण नगरबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
थारु समुदाय सहित अन्य समुदायले समेत माघे संक्रान्ति पर्वलाई विशेष हर्ष र उल्लासका साथ मनाउने भएकाले यसको महत्व झनै बढेर गएको बताउँदै कोरोना संक्रमणको जोखिम पनि बढेकाले विशेष सावधानी र सजगकताका साथ मनाउन नगर प्रमुख पाण्डेले सबैलाई आग्रह गर्नुभएको छ ।
‘प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको छ । जसले आपसी भाइचारा र सम्बन्धलाई झनै बलियो बनाउँदै लगेको छ ।’ नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै नगर प्रमुख पाण्डेले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर माघी पर्व मनाउन नगरबासीलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार
प्रतिक्रिया