टिप्पर दुर्घटना हुदा प्युठानका चालक र दाङका सहचालकको मृत्यु

दाङ,३० पुस । कोसी राजमार्ग अन्तर्गत धनकुटामा टिप्पर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु भएको छ । सिधुवा सडक खण्डको गुराँसे नजिक टिपर दुर्घटना प्युठान र दाङका गरी चालक सहचालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ३–००१ क ०५४९ नम्बरको टिपर दुर्घटना हुदाँ चालक प्युठान माण्डवी गाउँपालिका–१ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले उनीहरुको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया