झण्डै एक करोड बराबरको दुर्घटना बिमा रकम हस्तान्तरण

तुलसीपुर २९ पुस ।लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.शाखा कार्यालय दाङले भण्डै एक करोड बराबरको दुर्घटना बिमा रकम विहीबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।गत तिहार लगतै सल्यानबाट दाङ तुलसीपुर आउने क्रममा कपुरकोट गाँउपालिका ५ खारखोलामा भएको बस दुर्घटनामा १२ जना यात्रुको मृत्यु भएको थियो । मृतक परिवारलाई पाँच÷पाँच लाखका दरले साठि लाखको चेक रकम र दाङ देखि काठमाण्डौ तर्फ जाने क्रममा बुटवल नारायणघाट सडक खण्डको गडरखोलामा भएको ट्रक तथा बोलेरो गाडि दुर्घटनामा सानो गाडिपुर्ण रुपमा क्षती भएकोले पिडीत मिना कुमारी खत्रीलाई २२ लाख ९१ हजार क्षतीपूर्ती रकम हस्तान्तरण गरीएको थियो ।

इन्स्योरेन्स कम्पनी दाङ शाखा प्रमुख तुफान सापकोटाले विमितहरुले दुर्घटनाको फाईल पेस गरेको पन्ध्र दिन भित्र विमा रकम हस्तान्तरण गरीएको बताउनु भयो । विमितहरुले दुर्घटनाभएको फाईल कार्यालयमा पेस गर्न ढिला सुस्ती गर्ने र कार्यालयमा पेस गरेका फाईलहरु प्रक्रिया नपुगेकाले विमा कम्पनीहरुलाई दोस दिन नमिल्ने बताउनु भयो ।इन्स्योरेन्स कम्पनी शाखा प्रमुख सापकोटाको अध्यक्षता तथा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का प्रशासनीक सचिव प्रकाश भट्टको प्रमुख आतित्यतामा भएको कार्यक्रममा इन्स्योरेन्स कम्पनी दाङ शाखाका मार्केटिङ चेतकान्त भुसाल(किरण), त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का दुर्घटना प्रमुख विमल गुप्ता लगाएतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का प्रशासनीक सचिव प्रकाश भट्ट र दुर्घटना प्रमुख विमल गुप्तालाई चेक रकम हस्तान्तरण गरीएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया