ट्याटु खोपाउने लाइनमा बसेका युवकको मृत्यु

फाईल फोटो

काठमाण्डौ,२९ पुस । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताउनुभयो ।

पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए । अस्पतालमा उपचारको क्रममा बिहिवार बिहान निधन भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया