आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता

बुद्धिमान पुन,सल्यान १४ कार्तिक ।

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा आचारसंहिता पालना गर्ने सल्यानका बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । उनीहरुले निर्बाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गर्ने सल्यानका राजनितिक दलहरुले प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्बाचन अधिकृत मदनकुमार धामीको अध्यक्षतामा सोमबार सम्पन्न भएको सर्बदलीय सर्बपक्षिय बैठकमा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । जिल्लामा कृयाशील बिभिनन राजनैतिक दलहरुले निर्बाचनको समयमा निर्बाचन आचार संहितालाई ध्यानमा राखेर आफ्ना प्रचार प्रसार लगायतका गतिबिधि गर्ने बताएका छन् ।

उनीहरुले निर्बाचनको समयमा कुनै पनि उम्मेदवार वा दलको चुनाब चिन्ह अंकित टिसर्ट, झोला, टोपी लगायतका प्रचार प्रशारका सामाग्री प्रयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । सो अबसरमा मुख्य निर्बाचन अधिकृत धामीले निर्बाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्नको लागि सहयोग गर्न सबै पक्षसंग आग्रह गर्नु भएको थियो । सल्यानमा १ प्रतिनिधि सभा क्षेत्र र २ प्रदेश सभा क्षेत्र रहेका छन् । यी दुबै क्षेत्रमा कार्तिक १६ गते उम्मेदवार मनोनयन दर्ता गरिदै छ भने निर्बाचन मंसिर २१ गते हुनेछ ।

प्रकाशित मिति : २०७४ कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया