यस्ता छन् दाङमा बामगठबन्धनका उम्मेदवार

तुलसीपुर,१३ कार्तिक ।
आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागी बामगठबन्धन एमाले र माओवादीले क्षेत्र टुङग्याएका छन । जस अनुसार एमालेलाई ६ र माओवादीले ३ क्षेत्र पाएका छन । एमालेले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधि सभाको १ र प्रदेश सभाका २ क्षेत्र पाएको छ । एमालेले पाएको १ मेटमणि चौधरी र ३ मा हिराचन्द्र केसी लड्ने निश्चित भएउको एमालेका एक नेताले बताए । यस्तै प्रदेश सभामा १ को ख बाट रेवतीरमण शर्मा,२ को क बाट शंकर पोख्रेल र ख मा अमर डागी र ३ ख बाट उत्तर कुमार वली चुनाव लड्ने निश्चित भएको छ । त्यसैगरी संघमा २ बाट माओवादीका कृष्ण महरा लड्ने निश्चित भएको र प्रदेशको १ क , ३ क मा माओवादीले कस्लाई उठाउने भनेर टुङगो लागिनसकेको बताइएको छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक १३ गते सोमवार
प्रतिक्रिया