छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

काठमाण्डौं,१२ कार्तिक ।

आगामी प्रतिनिधि र प्रदेसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ । सर्वोच्चको आदेशपछि छुट्टाछुट्टै मतपत्र छाप्न निर्वाचन आयोग तयार भएको हो । यसअघि आयोगले एउटा पानामा माथिल्लो भागमा प्रतिनिधिसमा र तल्लो भागमा प्रदेसशमाको मतपत्र छाप्ने तयारी गरेको थियो । छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको निर्वाचन आयोगले चुनाव भने तोकिएकै मितिमा हुने दाबी गरेको छ ।

छुट्टाछुट्टै मत्रपत्र छाप्दा आवश्यक पर्ने अन्य तयारी आजबाटै सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले यस विषयमा छलफल गरिरहेको थियो । हिजोमात्रै अदालतको आदेश निर्वाचन आयोगले प्राप्त गरेको थियो । आयोगले सर्वोच्चको आदेशका बारेमा आज महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेको थियो ।

छपाइको काम सुरु भएको भन्दै छुट्टाछुट्टै पतपत्र छाप्न अन्तरिम आदेश दिन नपर्ने सर्वोच्चले सुरुमा भने पनि पछिल्लो आदेशमा कानूनी रुपमा नै छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने देखिएको र त्यसका लागि के कति प्रगति भएको छ जानकारी दिन निर्वाचन आयोगलाई भनेको छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक १२ गते आइतवार
प्रतिक्रिया