सुशील बस्नेत दाङ,१२ कार्तिक ।
दलीत समुदायलाई निर्णय तहमा पुग्ने अबसर दिए समुन्नत समाज निर्माण हुने एक कार्यक्रमका सहभागिले बताएका छन । पश्चिम दाङको पवननगरमा आज आईतबारदेखि शुरु गरिएको २ दिने दलीत महिलाको अर्थ पूर्ण सहभागिताका लागि क्षमता अभिबृद्धि सम्बन्धि तालिममा बोल्ने बक्ताहरुले संबैधानिक ब्यबस्थालाई कार्यान्वयन गरिने गरिएको उनीहरुले बताएका छन् । जस सम्म समान्ताको अबसर प्राप्त हुदैन समुन्त समाज निर्माण हुन नसक्ने उनीहरुको सुझाब छ ।
दलीत महिला संघका कार्यक्रम संयोजक पोषण सेन्चुरीको अध्यक्षता भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नम्वर १ का अध्यक्ष लक्ष्मण भण्डारीले दलीत महिलाहरुको क्षमता अभिबृद्धिलाई आफुले प्राथमिकतामा राखेको बताउनुभयो । संघ संस्थाको पहलले दलीतहरुको सामाजीक,आर्थिक लगायतमा क्षमता अभिबृद्धि हुदै गएको भन्दै खुसी ब्यक्त गर्नुभयो । बाईट सो अबसरमा वडा नम्वर १ कार्यालय सचिब हुमलाल न्यौपानेले स्थानीय तहसग समन्वय गर्दै यस्ता कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाब दिनुभयो । बिकट क्षेत्रका दलीत महिलाहरुको क्षमता अभिबृद्धि गरिनु पर्ने सचिब न्यौपानेले आग्रह गर्नुभयो ।
कार्यक्रमको बारेमा कार्यक्रम निर्देशक पोषण सेन्चुरीले जानकारी गराउनुभएको थियो । बाईट ३० जना दलीत महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा पत्रकार सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्छ । उद्घाटन कार्यक्रमको सहजीकरण सन्तोष चनाराले गर्नुभएको थियो ।