बैंकमा खाता सन्चालन गर्न एक दिने शिविर

तुलसीपुर,१२ कार्तिक ।
सामाजिक सुरक्षा भत्ताको लागी बैंकमा नयाँ खाता सन्चालन गर्न तुलसीपुर वडा नं. ३ मा एक दिने शिविर सन्चालन गरीएको छ । वडाका सेवाग्राहीहरुलाई सहज र घर नजिक सेवा दिने उद्देश्यले वडा समितिको कार्यालय दमारगाउँमा शिविर सन्चालन गरीएको हो । वडा समिति कार्यालय र सिद्धार्थ बैंक शाखा कार्यालय तुलसीपुरको सयुक्त समन्वयमा आज एक दिने शिविरको आयोजना गरीएको वडा सचिव दल बहादुर वस्नेतले जानकारी दिनु भएको छ ।
शिविरबाट १ सय ५ जनाले सेवा लिएका छन् । सामाजिक सुरक्षा भत्ता अन्र्तगत जेष्ठ नागरिक,एकल महिला, अपाङ्ग व्यक्तिहरुले सेवा लिएकाका थिए । बैंकबाट खटिएका बैकं कर्मचारी, वडाका सामाजिक परिचालकहरुको सहभागितमा शिविर सन्चालन गरीएको सामाजिक परिचालक हुमा विकले जानकारी दिनुभएको छ । वडाका दुर्गम क्षेत्र अम्वास,प्रतापकोट,रामी्र,खमारी, धाम,कल्लेबल्ले लगाएतका गाउँबाट सेवाग्राहीहरु सेवा लिन आएका थिए ।

प्रकाशित मिति : २०७४ कार्तिक १२ गते आइतवार
प्रतिक्रिया