घाइते अजिङगरलाई उपचारपछि जंगलमा छोडियो

तुलसीपुर, ११ असोज
दाङको सामुदायिक वनमा भेटिएको घाइते अजिङगरलाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ । दंगीशरण गाउँपालिका २ स्थित तिल कन्या सामुदायिक वनमा भेटिएको घाइते अजिङगरलाई जिल्ला वन कार्यालय दाङले उद्धार गरेर उपचारपछि शनिबार राष्ट्रिय निकुञ्जमा लगेर छोडेको हो । घाइते अवस्थामा भेटिएको अजिङगरको लम्बाई ७.५ फिट र ९ इन्च मोटाई भएको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिनुभयो । शुक्रबार वन छेउमा अजीङगर भेटिएपछि गोल्टाकुरी प्रहरी र्चौकीमा राखीएको थियो ।

 

प्रकाशित मिति : २०७४ कार्तिक ११ गते शनिवार
प्रतिक्रिया