उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाण्डौं,८ कार्तिक ।

पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । उम्मेदवारको मनोनयनमाथि परेको उजुरीमा हिजो जाँचबुझ भएको थियो भने आज उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म समय तोकिएको र त्यसपछि नामावली सार्वजनिक हुनेछ ।

दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनका लागि कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय दिइएको थियो । यो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभामा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २०७४ कार्तिक ८ गते बुधवार
प्रतिक्रिया